
मेक्सिको, धेरैजसो मानिसहरू यस्ता कुराहरू थाहा पाउन निकै उत्सुक रहने गर्दछन । उनीहरू संसारका सबैभन्दा मोटो, पातलो, होचो, अग्लो तथा बुढो वा बुढी उमेरका मानिसहरूका बारेमा जान्न सधैनै उत्सुक रहने गर्दछन । डेली मेलमा छापिएको एक समाचारलाइ विश्वास गर्ने हो भने मेक्सिकोमा एक जना बुढी महिला छन, जसका परिवारले दावी गरे अनुसार यी महिला संसारकै सबैभन्दा बृद्ध महिला हुन । लियान्ड्रा बिसेरा लुब्रेरास नामकी यी महिलाको उमेर १२७ बर्ष रहेको छ । उनको ३१ अगष्ट, १८८७ मा जन्म भएको थियो । उनी त्यति बर्षकी थिइन, जब क्वीन भिक्टोरियाले आफ्नो गोल्डेन जुबली मनाएकी थिइन । लियान्ड्राका बारेमा बताउँनु अघि यो कुरा थाहा पाइराख्नुस कि गिनीज बुक अफ वर्ल्ड रेकर्डले यस अघि जापानकी मिसाओ ओकावालाइ संसारकै सबैभन्दा बृद्ध महिलाका रूपमा दर्ता गरेको छ । उनको उमेर ११५ बर्ष रहेको छ । साथै उनको उमेर यी तथाकथित लियान्ड्राको उमेर भन्दा १२ बर्ष कम रहेको छ । लियान्ड्राले बताए अनुसार उनले संसारको बदलिँदो रूपलाइ आफ्नो आँखाले देखेकी छन । उनी जब २७ बर्षकी थिइन, त्यसबेला दोश्रो विश्व युद्घ शुरू भएको थियो । साथै यो पनि कि जब उनी ८२ बर्षकी पुगेकी थिइन, त्यतिबेला मानिसले चन्दमाको सतहमा पहिलो पटक कदम राखेको थियो । लियान्ड्राका परिवारले बताए अनुसार उनका अहिले जम्मा ७३ जना पनाति पनातिनी रहेका छन भने ५५ जना नाति नातिना रहेका छन । उनको आंखा अगाडी नै २२ जना नाति नातिनाको मृत्यु भैसकेको छ । मेक्सिकोको एक समाचारपत्र एल हरिजन्टका अनुसार अहिले लियान्ड्रा सुन्न सक्दिनन र उनी अहिले राम्रोसंग देख्न समेत असमर्थ रहेकी छन । लियान्ड्राका परिवारले जनाए अनुसार उनको उमेरको पुष्टि गर्न नसक्नुको कारण उनको बर्थ सर्टिफिकेट हराएकोले हो ।
0 comments:
Post a Comment