Home » » शिक्षक पाल्न फेसबुकको सहारा

शिक्षक पाल्न फेसबुकको सहारा




ताप्लेजुङ । गत वर्ष मात्रै फुसको छानो हटाएर विभिन्न क्षेत्रबाट सहयोग जुटाई करिब ६५ लाखमा विद्यालयमा पक्की भवन निर्माण गरिदिएका हाङपाङ ८ का टेकबहादुर खपांगीले फेसबुक मार्फत शिक्षक बचाउ अभियान सुरु गरेका छन् ।

हाङपाङ ९ मिचिरिङमा रहेको शान्ति निम्न माध्यमिक विद्यालयमा निमावि कक्षमा पढाउने दक्ष शिक्षकलाई टिकाइराख्न उनले यस्तो अभियान चलाएका हुन् ।

बेलायती सेनाबाट अवकास पाएका खपांगीले ‘सेभ द टिचर’ पेज खोलेर फेसबुक मार्फत सहयोग संकलन अभियान सुरु गरेका हुन् ।
अभियानका कारण हालसम्म दुइ लाख ५० हजार रुपैयाँ संकलन भइसकेको र विभिन्न क्षेत्रबाट अझै पनि सहयोगकालागि चासो देखाइरहेको खपांगीले बताए ।



0 comments:

Post a Comment