Home » » बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु




चितवन, ११ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । निकुञ्जभित्रको क्षेत्रमा जङ्गली जनावरले खाएको अवस्थामा माडी अयोध्यापुरी–९ बाँदरझुला बस्ने ३५ वर्षीय होपप्रसाद महतोको शव फेला परेको प्रहरीले जनाएको छ ।
तीन-चार दिनदेखि हराइरहेका महतोलाई खोज्ने क्रममा उनको शव मङ्गलबार अपराह्नतिर फेला परेको हो । केही दिनअघि पनि निकुञ्जकै कर्मचारीको बाघको आक्रमणमा परी मृत्युभएको थियो ।





0 comments:

Post a Comment