Home » » नम्रता श्रेष्ठ र लाहुरेले देशब्यापी कन्सर्टमा गाउने

नम्रता श्रेष्ठ र लाहुरेले देशब्यापी कन्सर्टमा गाउने




  काठमाडौं - नेपाली चलचित्रकी अभिनेत्री नम्रता श्रेष्ठलाइ सबैले अभिनेत्री र मोडलका रूपमा चिनेका छन । तर अब उनको परिचय यति मात्र सीमित नरहने भएको छ । यी अभिनेत्री अब गायिका समेत बन्ने तरखरमा रहेकी छन । अब नम्रताले देशब्यापी रूपमा आयोजना गर्न लागिएको कन्सर्टमा गीत गाएर नेपाली दर्शकहरूलाई मन्त्रमुग्ध पार्ने तयारीमा जुटेकी छन । उक्त कन्सर्टमा उनका साथमा ‘ताण्डव’का हिरो आशिष राना लाउरे तथा गिरिश खतिवडाले पनि साथ दिने भएका छन । यस कार्यक्रमलाइ नम्रताको कम्पनी हाइली हाइ र अपारेल कम्पनी भुटु इन्टरटेनमेन्टले आयोजना गर्दैछ । बताइए अनुसार यो कन्सर्ट पर्यटन नगरी पोखरा तथा राजधानी काठमाडौंमा गरिनेछ । जस अनुसार आगामी ४ गते शनिबार पोखरामा यो कन्सर्टको आयोजना गरिँदैछ भने । अर्को ११ गते शनिबार राजधानीमा हुने भएको छ । राजधानीमा गरिने पहिलो कन्सर्टको नाम ‘नेपहप इभोलुसन’ रहेको छ ।



0 comments:

Post a Comment