Home » » यसरी सेक्स हार्मोन बढाउन सकिन्छ

यसरी सेक्स हार्मोन बढाउन सकिन्छ




काठमाडौं- धेरै खाना खाने महिलाहरूको सेक्स हार्मोन्न एस्ट्रोजनको घट्दो स्तरको उपचार गर्न सकिने कुराको खुलासा भएको छ । हालै गरिएको एक ताजा अध्ययनले यस कुराको दावी गरेको हो । डेली मेलमा प्रकाशित एक खबर अनुसार, अब महिलाहरूको सेक्स ‌हार्मोन्न एस्ट्रोजनको थेरेपी गर्ने सजिलो उपाय पत्ता लागेको छ । अनुसन्धानकर्ताहरूका अनुसार, कम समयमा धेरै खानाले यस हर्मोनको उपचार सम्भव देखिएको छ । यस अध्ययनका क्रममा १० मध्ये एक जना महिला तथा २० मध्ये १ जना पुरूषमा यस कुराको प्रभाव देखिएको छ । क्लीनिकल इन्भेस्टिगेशन जनरलमा प्रकाशित यो रिसर्च टेक्सास चिल्ड्रन हस्टिपटल र भेलर कलेज अफ मेडिसिन का डा. योङ्ग जू ले गरेका हुन । उक्त रिसर्चमा डा. योङ्गले के पाए भने एस्ट्रोजन र धेरै खाने बानीका बिचमा निकै गहिरो सम्बन्ध रहेको हुन्छ । जब एस्ट्रोजन हाई हुन्छ, त्यस बेला खानाको मात्रमा कमि गरिन्छ तर जब एस्ट्रोजन स्तर कम हुन्छ, त्यसबेला धेरै खानका लागी भनिन्छ । रिसर्चमा यो पनि देखियो कि जो महिलाहरू धेरै खाने गर्दछन उनीहरूको महिनावारी अनियमित हुने गर्दछ । डा. योङ्ग जू ले यो पनि बताएका छन कि हामीले थेरेपी दिनु अघि केही कुरा ध्यान दिनु आवश्यक हुनेछ, किनभने एस्ट्रोजनको अधिक स्तरले महिलामा ब्रेस्ट क्यान्सरको खतरा पनि उत्पन्न हुन सक्दछ । डा. योङ्ग जू भन्छन यदि हामीले यो कुरा थाहा पाउन सक्यौं कि एस्ट्रोजनले कस्तो प्रतिक्रिया दिन्छ र त्यसको फाइदा कसरी उठाउन सकिन्छ त्यसपछि यो थेरापी प्रविधिको सहि तरिकाले उपयोग गर्न सकिनेछ ।



0 comments:

Post a Comment