Home » » चिनियाँ युवकलाइ आमा चाहियो, १६२००० डलर तिर्न तयार !

चिनियाँ युवकलाइ आमा चाहियो, १६२००० डलर तिर्न तयार !




बेइजिङ, एक जना ३० बर्षीय चिनियाँ नागरिकले आफ्ना लागी एक निकै पढे लेखेकी आमा चाहेको बताएका छन । यसका लागी सहि महिला भेटिएमा उनी १ लाख ६२ हजार डलर अर्थात नेपाली रूपैयामा करिब १ करोड ५९ लाख तिर्न तयार भएका छन । यसका लागी आवश्यक महिलाको उमेर कम्तीमा ५७ बर्ष हुनु पर्नेछ, उनी निकै पढेलेखेकी हुनु पर्नेछ । उनलाइ विदेश यात्राको अनुभव हुनु पर्नेछ साथै कहिल्यै पनि मादक पदार्थको सेवन नगरेको हुनुपर्ने उनले शर्त राखेका छन । एक वेबसाइटका अनुसार, अहिले केही तश्विरहरू प्रकाशमा आएका छन, जसमा सिचुआन प्रान्तको गुआङ्घान स्थित फङ्घु पार्कमा एक जना अज्ञात व्यक्तिलाइ देखाइएको छ, जसको हातमा एउटा ठुलो लालटिन रहेको छ, त्यहाँ उनले आफ्नो फोन नम्बर, एक रातो निशान र रकम पनि लेखिएको छ । उक्त तश्विर हेर्दा ती व्यक्ति ३० देखि ३५ बर्षको उमेरका जस्ता देखिन्छन, उनले जुन रातो रंगको जुन कुरा हातमा समाएका छन, त्यसमा उनको हुनेवाला आमाको गुणहरू बताइएको छ । केही प्रतक्ष्यदर्शीका अनुसार उनले जुन रकम लेखेका छन, उक्त रकम सहि रकम हो । अब उनले आफुले खोजेजस्ती आमा भेटलान त ? अहिले यो कुराले मिडियाहरूमा निकै चर्चा पाएका छन ।



0 comments:

Post a Comment